तिव्वतमा ७ रेक्टरको भुकम्प नेपालमा धक्का

बुटवल, मंगलावर बिहानै  चीनको तिब्बत क्षेत्रमा भूकम्प गएको अमेरिकाको भू–गर्भ संस्था यूएसजीसीले बताएको छ ।  अमेरिकाकोभू–गर्भ संस्था यूएसजीसीका अनुसार ७.१ र ५.२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ ।

भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बुको लोबुछे क्षेत्रबाट क्रमसश ९३ र ५२ किलोमिटर उत्तरपूर्व तिब्बतमा रहेको उल्लेख छ ।नेपालको सिमाना नजिक गएको भुकम्पको कारण नेपालमा पनि त्यसको कम्पन आएको बताइएको छ ।

कम्पनको कारण नेपालको बाग्मती,लुम्बिनी ,मधेश प्रदेश र केही पुर्वी क्षेत्रमा पनि धक्का दिएको बताइएको छ । यसबाट भएको क्षतिको विवरण अहिलेसम्म एकिन भैसकेको छैन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?