अनिल नेपाली
अर्घाखाँची १८ मसिर
३३ औँ अन्तराष्ट्रिय अपाङ्ग दिबसको अबसरमा लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गर्ने अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ मा रहेको निर्मल सुस्त मनिस्थति विधालयकी प्रधानाध्यापक कमला भुसाल आज सम्मानित हुनुभएको छ ।
लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गरेको मुल्याङकन गदै दोसल्ला र प्रशंसा पत्र सहित भुसाललाई राष्ट्रिय अपाङ्ग महासंघ लुम्विनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी प्रदेश सभासद रामजी प्रसाद घिमिरे नगर प्रमुख लगायतले उहाँलाई एक कार्यक्रमकका बीचमा सम्मान गरेका हुन् ।
भुसालले कोही पनि कसैले चाहेर अपाङ्गता नहुने नभएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गरी सम्मान व्यबहार गनुपर्ने भन्दै निरन्तर रुपमा अर्घाखाँचीमा आबाज बुलन्ध पार्ने साहाशी महिला समेत हुन् ।
उनले जिल्लामा निर्माणधिन भौतिक सरचना र अन्य सबालमा समेत बढो चासोका साथ आबाज बुलन्द पादै आइएकी छिन् । उनको घरमा समेत आफ्नै२७ बर्षीय छोरा पुर्ण रुपमा अपाङ्ग छन् । तर पनि आफ्नो छोरा भन्दा विधालयमा रहेका अन्य ठाँउमा रहेका अपाङ्ग बालकालिका अन्य अपाङ्ग व्यक्ति सगसगै रमाउन पाउदा खुसि हुने महिला अधिकारकर्मी समेत हुन् ।
उनी अपाङ्गको सबालमा कसैले प्रश्न उठाउदा समेत नआत्तिकन सजिलै जबाफ दिन सक्छिन् । उनी घरमा अपाङ्ग छोरा हुदाहुदै पनि उनी आफ्नो छोरा भन्दा विधालयका अपाङ्ग विधार्थीको लागि विहानै देखि साझ सम्म निरन्तर खटछिन् । उनी अपाङ्गताको क्षेत्रमा काम गर्ने अबसर मिलेकोमा आफुलाई भाग्यशाली सम्झन्छिन ।

