२ कार्तिक – प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित विपक्षी दलहरुले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए सामुहिक प्रतिवाद गर्ने भएका छन् ।
सरकार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको चर्चा चलिरहँदा आज बसेको विपक्षी दलहरुको बैठकले त्यस्तो निर्णय गरेको हो । अहिलेको सरकारले साना दल फुटाउन अध्यादेश त्यस तर्फ उद्धत देखिएको विपक्षी दलका नेताहरुको बुझाइ रहेको छ ।
अशोक राई नेतृत्वको जसपाका ७ र एकीकृत समाजवादीका केही सांसदलाई एमालेमा मिसाउने र सबैभन्दा ठूलो बन्ने प्रधानमन्त्री केपीशर्मा ओलीको तयारी रहेको आसंका गरिएको छ । जसपा विभाजन विरुद्ध परेको रिट अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । जसका कारण अशोक राइको जसपाले वैधानिकता पाउन सकेको छैन ।