गुल्मीदरवार गाउँपालिकाको स्कार्पियो दुर्घटना ।

अनिल नेपाली,

अर्घाखाँचीको पाँणिनी गाउँपालिका वडा न ७ रिब्दीमा गुल्मीको गुल्मीदरवार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको स्कार्पियो दुर्घटना भएको छ ।

गाडीमा  ३ जना सवार रहेको र तिनै जनाको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । गाडीमा चालक हिमाल राना, सोहीगाउँपालिका वडा न ७ का वडा अध्यक्ष शालिकराम टण्डन र अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा न ६ का वडा अध्यक्ष कमल पौडेल रहेको नरपानी ट्राफिक प्रहरी कार्यालयका सहायक हवलदार छविलाल पोख्रेलले बताए ।

गाउँपालिकाको स्कार्पियो दाङबाट गुल्मी फर्कदै गर्दा दुर्घटना  भएको र दुर्घटनाको कारण खुल्न सकेको छैन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?