प्रदेश सरकारले थामेका बाढीपीडितलाई दियो डेढ लाखबराबरको राहत सामग्री

कोशी प्रदेश सरकारले सोलुखुम्बुको थामे गाउँका बाढीपीडितका लागि डेढ लाखबराबरको राहत सामग्री प्रदान गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सोलुका प्रमुखजिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई डेढ लाखबराबरको ५० थान सिरक, ५० थान तन्ना, ५० थान म्याट्रेस र ५० थान सिरानीहस्तान्तरण गरेका हुन् । 

३२ साउनमा हिमपोखरी फुट्दा थामे खोलामा आचानक आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ कोथामेगाउँमा क्षति पुगेको थियो । बाढीले ५० घरपरिवार विस्थापित भएको तथ्यांक छ ।

यहाँका विद्यालय र स्वास्थ्य चौकीसहित २० वटा संरचना बाढीले बगाएको थियो । बाँकी रहेका संरचाना पनि उच्च जोखिममा छन् ।मौषम प्रतिकुलता र भौगोलिक जटिलताको कारण बाढी आएको पाँच दिन बितिसक्दा पनि प्रशासनले सदरमुकामबाट खाद्यान्न, तातोकपडालगायत राहत सामग्री पठाउन पाएको छैन ।

मौसम प्रतिकूलताले हेलिकोप्टरको व्यवस्थान हुन नसक्दा खाद्यान्न र लत्ताकपडा थामे गाउँमा पठाउन नसकिएको प्रमुख जिल्लाअधिकारी खत्रीले बताइन । उनले भनिन्, ‘गृह मन्त्रालयसँग राहत पुर्‍याउन हेलिकोप्टर माग गरेका छौँ ।

हेलिकोप्टरको व्यवस्था हुनासाथ मौसम अनुकूलता हेरेर सबै राहत पठाइनेछ ।’ प्रजिअ पाण्डेका अनुसार प्रतिपरिवार पालिकाले ५०हजार र प्रशासनले १५ हजार घोषणा गरेको रकमसहितका राहत पीडितले पाइसकेका छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?