खोज पत्रकारितामा विशिष्ट योगदानका लागि जीवन शर्मा सम्मानित

काठमाडौं, असार तथ्य, प्रमाण अनुसन्धानमा आधारित पत्रकारिता मार्फत समाजका दबिएका आवाजलाई उजागर गर्दै आएका खोज पत्रकार जीवन शर्माखोजी पत्रकारिता सम्मान२०८३बाट सम्मानित भएका छन्

कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN) ले खोज पत्रकारिताको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै शर्मालाई उक्त सम्मान प्रदान गरेको हो संस्थाले सामाजिक न्याय, सुशासन, पारदर्शिता तथा नागरिक सचेतनाका पक्षमा उनले निर्वाह गरेको भूमिकालाई उच्च मूल्यांकन गरेको जनाएको छ।

गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस (हाल गण्डकी गाउँपालिका) मा जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट आफ्नो जीवन यात्रा सुरु गरेका थिए । कठिन संघर्षबीच पत्रकारितालाई पेशा बनाएका उनले लामो समयदेखि समाजका उत्पीडित, उपेक्षित तथा अधिकारबाट वञ्चित समुदायका विषयलाई केन्द्रमा राखेर खोजमूलक पत्रकारिता गर्दै आएका छन्

वि.सं. २०६१ सालमा पत्रकारिता तालिम प्राप्त गरेपछि पोखरा एफएम ९५. मेगाहर्जबाट प्रसारित कार्यक्रममार्फत पत्रकारिता यात्रा थालेका शर्माले त्यसयता रेडियो, छापा अनलाइन माध्यममा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् जनसरोकार, सुशासन, सार्वजनिक उत्तरदायित्व सामाजिक विकृतिका विषयमा उनका अनुसन्धानमूलक सामग्रीहरू विभिन्न राष्ट्रिय तथा क्षेत्रीय सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् ।

विशेषगरी सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार तथा अवैध कारोबार जस्ता विषयमा उनले तयार पारेका समाचार विशेष रिपोर्टले सम्बन्धित निकायलाई कारबाही सुधारका लागि दबाब सिर्जना गरेको बताइन्छ।

हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले खोज पत्रकारितालाई आफ्नो प्रमुख कार्यक्षेत्रका रूपमा निरन्तरता दिइरहेका छन् । सत्य तथ्यमा आधारित पत्रकारिता मार्फत लोकतान्त्रिक मूल्य, नागरिक अधिकार सुशासनको पक्षमा उनको सक्रियता निरन्तर देखिँदै आएको छ ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले खोज पत्रकारिता केवल पेशा नभई समाज प्रतिको जिम्मेवारी भएको बताए।सत्यको खोजी त्यसको निर्भीक प्रस्तुति नै खोज पत्रकारिताको मूल मर्म हो,” उनले भने, “यो यात्रामा अनेक चुनौती दबाब आउँछन्, तर सत्यको पक्षमाउभिने प्रतिबद्धता कहिल्यै कमजोर हुँदैन।

आयोजक संस्थाका अनुसार शर्माको योगदानले नयाँ पुस्ताका पत्रकारलाई अनुसन्धानमा आधारित, निष्पक्ष जिम्मेवार पत्रकारिता तर्फ प्रेरित गर्ने विश्वास गरिएको छ। संस्थाले उनको व्यावसायिक निष्ठा, तथ्यमा आधारित रिपोर्टिङ सार्वजनिक हित प्रतिको प्रतिबद्धतालाई सम्मानको आधार बनाएको जनाएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?