अनिल नेपाली
५ जेठ,अर्घाखाँची न्यायिक समिति अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सम्मेलनले स्थानीय तहका न्यायिक समितिहरूबीच समन्वय, अनुभव आदान–प्रदान तथा न्याय सम्पादन कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दैनयाँ जिल्ला समिति चयन गरेको छ ।
सम्मेलनबाट सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य को संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको छ । नवगठित समितिले जिल्ला भित्रका न्यायिक समितिहरूको क्षमता अभिवृद्धि, कानुनी सचेतना विस्तार तथा स्थानीयस्तरमा हुने विवादहरूको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि रसरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले स्थानीय सरकारको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायिक समितिकोभूमिकालाई थप सशक्त बनाउँदै नागरिकलाई सहज र छिटो न्याय प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित संयोजक आचार्यले न्यायिक समितिहरूबीच सहकार्य र समन्वयलाई मजबुत बनाउँदै स्थानीय तहमा न्याय सम्पादन कार्यलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्मेलनले आगामी कार्ययोजना तथा संगठन सुदृढीकरण सम्बन्धी विभिन्न निर्णय समेत पारित गरेको आयोजकले जनाएको छ।

