मदाने गाउँपालिकाद्वारा सातै वडामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

गुल्मी, जेठ ११ पश्चिम गुल्मी स्थित मदाने गाउँपालिकाले गाउँपालिका भित्रका सातै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । सोमबारदेखि सुरु भएको शिविर जेठ १७ गतेसम्म विभिन्न स्वास्थ्य चौकीहरूमा क्रमशः सञ्चालन गरिने जनाइएको छ।

गाउँपालिकाले ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सक सहितको वृहत स्वास्थ्यसेवा गाउँगाउँमा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरेको हो । शिविर मार्फत महिला सम्बन्धी विभिन्न रोगहरूको परीक्षण, उपचार तथापरामर्श सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख तीर्थराज पन्थीका अनुसार शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर जाँच, स्त्रीरोग सम्बन्धी समस्या पहिचान तथा उपचार सेवा प्रदान गरिनेछ । साथै क्षयरोगको समयमै पहिचान जोखिम न्यूनीकरणका लागि खकार सङ्कलनको विशेष व्यवस्था समेत गरिएको छ ।

प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो बजेसम्म सम्बन्धित स्वास्थ्य चौकीमा सेवा सञ्चालन हुने जनाइएको छ । गाउँपालिकालेआ र्थिक अवस्था कमजोर तथा नियमित स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई शिविरले प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

गाउँपालिकाले स्थानीय नागरिकलाई आफ्नो पायक पर्ने स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ । कार्यतालिका अनुसार जेठ ११ गते भनभने स्वास्थ्य चौकी, १२ गते बाँझकटेरी, १३ गते सिर्सेनी, १४ गते म्यालपोखरी, १५ गते मलागिरी, १६ गते अग्लुङ्ग तथा १७ गते पुर्कोटदह स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?