विकल्पविना बस्ती हटाएको भन्दै बुटवलमा सुकुम्बासीको शक्ति प्रदर्शन

जेठ बुटवलबुटवलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन् वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित व्यवस्थाविना हटाउन खोजिएको भन्दै उनीहरूले सरकारका विरुद्ध सडक प्रदर्शन गरेका हुन्

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको प्रदर्शन राजमार्ग चौराहाबाट सुरु भई मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विशेष गरि तराईका २२ जिल्लाबाट आएका सुकुम्बासीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको

विरोध कार्यक्रममा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले दीर्घकालीन समाधानको योजना नबनाई सुकुम्बासी बस्तीमा डोजर चलाउने, घरटहरा भत्काउने तथा नागरिकलाई विस्थापित गर्ने काम गरिरहेको आरोप लगाए उनले वैकल्पिक व्यवस्थाविना गरिएको बस्ती हटाउने अभियानका कारण देशभर करिब १२ लाख परिवार प्रभावित भएको दाबी गर्दै झण्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेको बताए

 

त्यस्तै कार्यक्रममा बोल्दै संघर्ष समितिका सल्लाहकार विरेन्द्र सि ले सरकारले कुनै सुकुमबासीको घर वा बस्तिमा डोजर लगाए देशभरका ५०/६० लाख सुकुमबासी अव्यवस्थित बसोबासी एक ठाउँ भएर प्रतिरोध गर्ने बताए

प्रदर्शनकारीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको स्थायी समाधान, सुरक्षित आवास मानव अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन्

त्यस्तै खुला कार्यक्रम पश्चात विभिन्न जिल्लाहरु बाट आएका सुकुमबासी प्रतिनिधिको उपस्थिति सहभागितामा राष्ट्रिय भेला मार्फत नयाँ नेतृत्व चयन सङ्गै आगामी सङ्घर्षका कार्यक्रम तय गरिने आयोजकले बताएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?