बन्दीपुरमा कपडा बैंक शुभारम्भ, ४ सय ४२ जनालाई न्यानो कपडा वितरण

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं मा कपडा बैंक शुभारम्भ कार्यक्रम सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले आफूले पनि कुनै बेला कपडा बैंककै कपडा लगाएको स्मरण गर्दै बन्दीपुरमा समेत स्थायी रूपमा कपडा बैंक सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे उनले हाल सञ्चालनमा रहेको कपडा बैंकबाट भरपुर सेवा लिन समेत सबैलाई अनुरोध गरे

कपडा बैंकका सञ्चालक तथा सामाजिक अभियन्ताले कपडा बैंकको उद्देश्य, सामाजिक प्रभाव सेवाबारे जानकारी गराएका थिए त्यसैगरी वडा अध्यक्ष शिवकुमार श्रेष्ठले आफू पनि सानो हुँदा यस्तै कपडा लगाएर हुर्किएको उल्लेख गर्दै बिना हिचकिचाहट वडा कार्यालयमा आएर सेवा लिन सबैलाई आग्रह गरे

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, समाजसेवी, वडा सदस्य, महिला समूह, युवा तथा चेपाङ समुदाय सहित ३ सय भन्दा बढि स्थानियको उपस्थिति रहेको थियो सोही अवसरमा कपडा बैंकको औपचारिक शुभारम्भ गर्दै ४ सय ४२ जनालाई / जोरका दरले न्यानो कपडा वितरण गरिएको आयोजकले बताएको

कार्यक्रममा सभापतिको रूपमा वडा नं का अध्यक्ष शिवकुमार श्रेष्ठ तथा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको उपस्थिति रहेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?