१५ कार्तिक, बुटवल । पतन्जली समिती फ्री योगा साधना बुटवलमा सञ्चालित योगा समुहले बुटवलमा तिहार एकादशीको अवसर पारेर बिहानै भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
विगत केही महिना अगाडी देखि बुटवलको देविनगरमा मुख्य अभियान्ता बिष्णु माया श्रेष्ठ र टि बि श्रेष्ठको अगुवाई र सुरुवातमा चलेको फ्री योगा साधनालाई अझै ब्यबस्थित गर्न र विभिन्न सामाजिक कार्य गर्ने उदेश्यले उक्त भैलो खेलिएको सहभागी पदम जि सी ले बताए ।

बुटवलमा रहेको बाणिज्य क्याम्पसको प्राङ्गणमा आज बिहान करिव १ घण्टा खेलिएको भैलो कार्यक्रममा स्वतस्फूर्त रुपमा ४१ हजार ७ सय २५ रुपैया जम्मा भएको जि सि ले जानकारी दिए । उक्त भैलो अभियान सहायक प्रशिक्षक ५ जनाको सहयोगमा संचालन गरिएको र देबिनगर शाखामा संयोजक बिष्णु उपाध्यय, पदम जि सि,जनक श्रेष्ठ, सन्तोश नेपाल लगायतले व्यवस्थापन गरेका थिए ।

