३ कार्तिक घोराही । प्रहरीले घोराहीमा १३ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई नगद ४ लाख रकम सहित पक्राउ गरिएको हो ।
आईतवार राति घोराही उपमहानगरपालिका १५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो ।
यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित एक घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धानको लागी प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।


