अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अनिल नेपाली
अर्घाखाँचीको चिदिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन ।
छत्रदेव गाउँपालिका–१ अन्तर्गत ढोरपाटन सडकखण्डको सौरेखोला नजिक आइतबार साँझ करिब ५:२० बजे भएको उक्त दुर्घटनामा अर्घाखाँची पाणेनी–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा दुवै मोटरसाइकलका पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दिपा कोईराला र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन । घाइते दुबै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ।
मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?