अर्घाखाँचीमा फिल्डमै पुगेर सामुदायिक कुकुर उपचार कार्यक्रम सञ्चालन

अनिल नेपाली
सन्धिखर्क बजारका सामुदायिक कुकुरहरूको प्रभावकारी उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा आज फिल्डमै पुगेर सामुदायिक कुकुर उपचार कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला अस्पताल परिसरबाट सुरु गरिएको उक्त कार्यक्रममा रेबीज भ्याक्सिन लगाउने साथै छालासम्बन्धी रोगहरूको उपचार गरिएको थियो । कार्यक्रममा जम्मा ६२ वटा कुकुरहरूको उपचार गरिएको थियो ।
उक्त कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. प्रवेश सिंह कुवँर, सन्धिखर्क नगरपालिकाका पशुचिकित्सक डा. नविन पन्थी, पशु स्वास्थ्य अधिकृत बुद्धि गौतम, पशु सेवा विज्ञ केन्द्रका डा. हकिकत अली, प्राविधिक राजकुमार नेपाली लगायत अन्य प्राविधिक जनशक्तिको सक्रिय सहभागिता तथा परिचालन रहेको थियो ।
सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले यस किसिमको सामुदायिक कुकुर उपचार कार्यक्रम अब नियमित रूपमा सञ्चालन गरिने जानकारी दिए ।
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?