अर्घाखाँचीको अर्घा मेलाको ट्राफिक व्यवस्थापन प्रशंसनीय

अनिल नेपाली
कोजाग्रत पूर्णिमाको अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९, अर्घा भगवती मन्दिर परिसरमा आयोजना गरिएको ऐतिहासिक सराय नाचमा गत बर्षको तुलनामा यस वर्ष सवारीसाधन र ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले असाध्यै राम्रो पहल गरेको भन्दै मन्दिरमा गएका दशर्नार्थी लगायतले उच्च प्रशासा गरेका छन् ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि पश्चिम नेपालकै चर्चित सरायँ नाच हेर्न अर्घा पुगेका हजारौं भक्तजन र दर्शकले सवारीसाधन व्यवस्थापन सहज हुँदा  मन्दिर लगायतका पर्यटकीय स्थल मशुरेपाटाको अबलोकन गर्न पाएका छन् ।
ट्राफिक व्यवस्थापनका लागि कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक सरोज केसीको टोलीले  ट्राफिक व्यवस्थापनमा निकै कष्टपुर्वक व्यवस्थापन गर्न सफल भएको हो ।  हजारौंको सङ्ख्यामा गाडीको आवाज जावत व्यवस्थापन गर्ने कुरा त्यति सहज त थिएन तर केसीको टिमले सजिलोसँग व्यवस्थापन गरि सफलतापुर्वक आवत जावतमा सहज बनाएर चौतर्फी रूपमा प्रसंशा बटुल्न सफल भएको हो ।
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?