के हो सराँय गीत ? कसरी भट्याउने सरायँ : विष्णु घर्ती ‘भनभनेली’

विष्णु घर्ती भनभनेली

– दशैंताका लाग्ने मेला सरायँमा भट्ट्याउने प्रचलनलाई सरायँ गीत भनिन्छ । यो सरायँको एक महत्त्वपूर्ण अङ्ग तथा ऐतिहासिक लोक सिर्जना समेत रहेको छ । सरायँ नाँचमा सबैले भन्दा पनि केही पाका मान्छेले सरायँ गीत भट्ट्याउने गर्दछन्, यद्यपि यसलाई अरुले पनि भट्याउन सकिन्छ । यसले सरायँमा थप रौनकता ल्याउँछ ।

यसै क्रममा युद्धकालीन विजय उत्सवको गाथादुर्गामाताको महिमा एवम् प्रकृतिको वर्णन आदि गरिन्छ । यस गीतमा प्राय छोटा २ वाक्य हुने गर्दछन् । यि २ वाक्यलाई ढिलो तथा लामो स्वरले दुबै जनाले एकै पटक उच्च स्वरमा गाउँदै दाहिनेबाट फर्किदा अझ उच्च स्वरमा केही छिटो हो ओ भनिन्छ र यस्तै प्रक्रियाले अर्को तर्फका जोडीसँग गाइन्छ ।

– केही नमूना सरायँ गीतका टुक्राहरू देहायबमोजिम रहेका छन् ।

-नौदुर्गा देवी  होऽऽऽ ओऽऽऽ… ​​

 रक्षा गर होऽऽऽ ओऽऽऽ…

-तिम्रै कृपा  होऽऽऽ ओऽऽऽ…​​

​पाएका हामी  होऽऽऽ ओऽऽऽ…

-दशैको बेला होऽऽऽ ओऽऽऽ…​​

​जम्मा भएर  होऽऽऽ ओऽऽऽ…​​​

-यसै गरी  होऽऽऽ ओऽऽऽ…​​

​हाँस्दै खेल्दै  होऽऽऽ ओऽऽऽ…

– बडा दशैं  होऽऽऽ ओऽऽऽ…​​

​मान्दै आयौं  होऽऽऽ ओऽऽऽ…

-वर्ष दिनको  होऽऽऽ ओऽऽऽ…​​

​ठूलो पर्व  होऽऽऽ ओऽऽऽ…

-खेलौ भाई हो होऽऽऽ ओऽऽऽ…​

​बाँचे आइसल होऽऽऽ ओऽऽऽ…

-घटस्थापना  होऽऽऽ ओऽऽऽ…​​​

फुलपाती  होऽऽऽ ओऽऽऽ…

-कालरात्री  होऽऽऽ ओऽऽऽ…​​

​पञ्चवली  होऽऽऽ ओऽऽऽ…​​

-टिका जमरा  होऽऽऽ ओऽऽऽ…

​​​मान्यजनको  होऽऽऽ ओऽऽऽ…​​

-आशिर्वाद  होऽऽऽ ओऽऽऽ…​​​

लिदै लिदै  होऽऽऽ ओऽऽऽ…

-दुर्गामाता  होऽऽऽ ओऽऽऽ…​​

​रक्षा गर  होऽऽऽ ओऽऽऽ…

-तिम्रै सरण  होऽऽऽ ओऽऽऽ…​​

​आएका हामी  हो

-खेलौ भाई हो होऽऽऽ ओऽऽऽ…​

​बाँचे आइसल होऽऽऽ ओऽऽऽ…

-अंग्रेज युद्ध  होऽऽऽ ओऽऽऽ…​​

​लड्दै लड्दै  होऽऽऽ ओऽऽऽ…

-वीर हामी  होऽऽऽ ओऽऽऽ…​​

​जित गढी  होऽऽऽ ओऽऽऽ…

-जिते पछि  होऽऽऽ ओऽऽऽ…​​

​हर्ष उल्लास  होऽऽऽ ओऽऽऽ…​​

-नुवाकोट गढी  होऽऽऽ ओऽऽऽ…​​

नेपाली फौज  होऽऽऽ ओऽऽऽ…

-रमेका थिए  होऽऽऽ ओऽऽऽ…​​​

विरको गाथा  होऽऽऽ ओऽऽऽ…

-भगवती माता  होऽऽऽ ओऽऽऽ…​​

रक्षा गर  होऽऽऽ ओऽऽऽ…​​

 -खेलौँ भाई हो होऽऽऽ ओऽऽऽ…​

​बाँचे आइसल होऽऽऽ ओऽऽऽ…

-खड्‍क छत्र   होऽऽऽ ओऽऽऽ…​​

​उलुक छत्र  होऽऽऽ ओऽऽऽ…

-अन्जान हामी  होऽऽऽ ओऽऽऽ…​

​रक्षा गर  होऽऽऽ ओऽऽऽ…​

-आपत् विपत्  होऽऽऽ ओऽऽऽ…​​

​हट्दै जाओस्  होऽऽऽ ओऽऽऽ…

-रोग व्याधी  होऽऽऽ ओऽऽऽ…​​

​निर्मूल होउस्  होऽऽऽ ओऽऽऽ…

-शासन सत्ता  होऽऽऽ ओऽऽऽ…​​

​राम्रो चलोस्  होऽऽऽ ओऽऽऽ…

-महाकाली माता  होऽऽऽ ओऽऽऽ…​

​देवी माता  होऽऽऽ ओऽऽऽ…

-बालक हामी  होऽऽऽ ओऽऽऽ…​​

​रक्षा गर  होऽऽऽ ओऽऽऽ…​​

-खेलौँ भाई हो होऽऽऽ ओऽऽऽ…

​बाँचे आइसल  होऽऽऽ ओऽऽऽ…

-सरायँ खेलौँ होऽऽऽ ओऽऽऽ…

​खेली राखौं  होऽऽऽ ओऽऽऽ…

-दशैं हाम्रो होऽऽऽ ओऽऽऽ…​​

​अझै राम्रो  होऽऽऽ ओऽऽऽ…

-हर्ष उल्लास  होऽऽऽ ओऽऽऽ…​​

​भेट घाट  होऽऽऽ ओऽऽऽ…

-सुख शान्ति  होऽऽऽ ओऽऽऽ…​​

​भई रहोस्  होऽऽऽ ओऽऽऽ…

-दुःख कष्ट  होऽऽऽ ओऽऽऽ…​​

​हट्दै जाओस्  होऽऽऽ ओऽऽऽ…

-जय दशैं  होऽऽऽ ओऽऽऽ…​​​

जय सरायँ  होऽऽऽ ओऽऽऽ…

धन्यवाद । ​जय सरायँ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?