बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको गाडी दुर्घटना: २ को मृत्यु यस्तो छ समग्र विवरण

अनिल नेपाली (पावर संचार)
बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु  १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३:३० मा अर्घाखाँचीको टारीमा दुर्घटना हुँदा २ जना बच्चाहरुको घटनास्थलमै मृत्यु भएको छ भने  ४ को अवस्था गम्भिर र अन्य २० जना सामान्य र मध्यम घाइते भएका छन ।
अर्घाखाँची सन्धिखर्क न.पा.-९ टारी स्थित सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मी मदाने गा.पा.-६ पुर्कोटदह वस्ने चेतन कुँवरले चलाएको लु १ ज ४७२४ नं.को जिप अनियन्त्रित भई सडक देखी अ.६०/७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गम्भिर घाइतेलाई बुटवल रेफर गरिएको र अन्य सामान्य घाइतेको  सरकारी अस्पताल अर्घाखाँची सन्धीखर्कमा ल्याई उपचार भइरहेको प्रहरीले बताएको छ । जिपमा जम्मा चालक सहित २६ जना सवार रहेको २ जनाको मृत्यु ४ जना सिरियस घाइते, २० जना मध्यम र सामान्य रहेको जसमा वच्चाहरु ८ जना रहेको प्रहरीले जनाएको छ ।
 थप अपडेट: विवरण यसप्रकार छ ! 
१. जिल्ला गुल्मी मदाने गा.पा.-६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा (डाक्टरले मृत घोषण गरेको)
२. जिल्ला अर्घाखाँची मदाने गा.पा. ७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल(डाक्टरले मृत घोषण गरेको)
३. जिल्ला गुल्मी मदाने गा.पा.वडा नं.-६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट अवस्था सिरियस बुटवल तर्फ रिफर गरेको ।
४.ऐ.ऐ. थापाचौर वस्ने वर्ष १३ को गौरव थापा सामान्य
५. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष ७ कि आरीया के.सी.सामान्य
६. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष १४ कि अरिस्मा के.सी.सामान्य
७. ऐ.ऐ. वस्न वर्ष ३३ कि गंगा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस बुटवल तर्फ रिफर
८. वर्ष ४२ को चेत ब. कुवँर ढाड र शरीरको विभिन्न भागमा चोट  अवस्था मध्यम (चालक)
९. ऐ.ऐ. वस्ने वर्ष २४ कि उषा पुन मगर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
१०.जिल्ला रुपन्देही बुटवल उप म.न.पा. १९ पत्थरगंज वस्ने वर्ष ३३ कि लक्ष्मी कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
११. ऐ.ऐ. बस्ने वर्ष १८ कि सृजना कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१२. ऐ.ऐ. वस्ने वर्ष १३ कि संजिता कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस,
१३. ऐ.ऐ. वर्ष १६ को सुरेश कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१४. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटाखर्क वस्ने वर्ष २४ को जगन्नाथ पौडेलको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१५. ऐ.ऐ.६ डढुवा वस्ने वर्ष १९ कि निशा जि.एम. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१६. ऐ.ऐ. वस्ने वर्ष २१ कि उषा घ.म. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस
१७. ऐ.ऐ. वस्ने वर्ष ३० कि सिता वि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१८. ऐ.ऐ. वर्ष १० को अप्रिस कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
१९. ऐ.ऐ. वस्ने वर्ष २० को सन्तोष कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२०. ऐ.ऐ. वर्ष २२ कि जेनिसा सेन शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२१. ऐ.ऐ. वस्ने वर्ष २२ कि वविता जि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२२. ऐ.ऐ. वस्ने वर्ष १९ कि मनिसा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२३. ऐ.ऐ. वस्ने वर्ष ३१ को अनिल कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२४. ऐ.ऐ. ६ नवारा वस्ने वर्ष २८ को सुशिला कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२५. ऐ.ऐ. ७ नेटा खर्क वस्ने वर्ष २३ को विनोद पराजुलीको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२६. ऐ.ऐ. ६ पुर्कोट दह वस्ने वर्ष ४ को आर्यन के.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य
spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?