८ असोज, बुटवल । निवृत्व राष्ट्रसेवक समाज, नेपाल नगर कार्यसमिती बुटवलले विजयादशमी तथा शुभ दिपावली र छठ पर्व २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा ‘निवृत्त स्वर्णिम यात्रा’ नामक पुस्तकको विमोचन गरेको छ ।
असोज ८ गते (आज) बुटवलको देविनगरमा रहेको नविन औधोगिक कदर बहादुर रीता माध्यमिक विधालयको हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निवृत्त राष्ट्रसेवक कर्मचारीको अनुभव र सल्लाह लिएर उपमहानगरपालिका अगाडी बढ्ने बताए । उनले निवृत्त राष्ट्रसेवक कर्मचारी देश निर्माणका महत्वपुर्ण खम्बा रहेको समेत औलाए ।

आफ्नो जिवनकालमा देशका विभिन्न स्थानहरुमा राष्ट्रसेवक कर्मचारीको रुपमा सेवा गरेर सेवा निवृत्त पश्चात बुटवलमा बस्दै आइरहनुभएका निवृत्त राष्ट्रसेवकहरुको सहभागितामा “सवै निवृत्त राष्ट्रसेवक एक हौँ” भन्ने उदेश्यका साथ २०८१ जेठ २६ गते भोज बहादुर केसी को अध्यक्षतामा पहिलो पटक निवृत्व राष्ट्रसेवक समाज नेपाल नगर कायसमिती बुटवल को स्थापना गरिएको थियो । स्थापना पश्चात यो संस्था विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुँदै आइरहेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोज बहादुर के सी, स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण पोखरेल र संचालन सचिव मुकुन्दराज पोखरेलको रहेको थियो ।


