कानून अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू नियन्त्रण गरिने : प्रधानमन्त्री ओली

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानून अनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू नियन्त्रणमा ल्याइने बताएका छन

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले दर्ता नगरी सञ्चालनभइरहेका सामाजिक सञ्जालहरूले अराजकता फैलाइरहेको हुनाले त्यस्ता सामाजिक सञ्जालहरूलाई बन्द गरिने बताएका हुन

उनले नियममा नआउने, दर्ता नगर्ने, कर नतिर्ने गैरजिम्मेवार रूपमा सञ्चालन हुने प्रवृत्तिबाट समाज राष्ट्र दुवैलाई क्षति पुगेको भन्दै नियन्त्रणको आवश्यकतामा जोड दिएको बताएका छन

प्रधानमन्त्री ओलीले भने, “कतिपय सामाजिक सञ्जालहरू भन्छन्तिमीहरूको कानून मान्दिनँ, दर्ता हुँदिन अब त्यस्ता सञ्जाललाई नियन्त्रण गर्नुपर्छ।” 

 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?