भदौ ४ गते गुल्मेली एकता समाज सैनामैना १ को तिज मिलन कार्यक्रम

२ भदौ, रुपन्देही । गुल्मेली एकता समाज सैनामैना १ ले तिज मिलन तथा दरखाने कार्यक्रम आयोजना गरेको छ ।

यही भाद्र ४ गते बिहान १०:४५ बाट गुल्मेली एकता समाज सैनामैना १ ले सैनामैना १ मा रहेको त्रिमुर्ती पार्टी प्यालेसमा कार्यक्रम आयोजना प्रथम उपाध्यक्ष  फटिक केसिले बताए ।

गुल्मीका विभिन्न स्थानहरुबाट बसाई सरेर सैनामैना १ मा बसोबास गर्ने गुल्मेलीहरु बिच मनोरञ्जन सङ्गै भेटघाट र सुख दुख आदानप्रदान गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको  संस्थाका  द्वितीय उपाध्यक्ष सुशिल भण्डारीले जानकारी दिए ।

स्थापना कालदेखि हरेक सामाजिक क्रियाकलापमा सहभागी भएको  गुल्मेली एकता समाज सैनामैना१ ले  विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आइरहेको छ । स्थापना कालदेखि निरन्तर तिज मिलन कार्यक्रम गर्दै आइरहेको  संस्थाले सुरु देखि प्रत्येक बर्ष बोलबम धाममा भण्डारा समेत संचालन गर्दै आइरहेको अध्यक्ष दिर्घनारायण पाण्डेले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?