पर्सामा कैदीको मृत्यु भएपछि आफन्तद्धारा प्रदर्शन

पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर एक कैदीको मृत्यु भएपछि उनका आफन्तहरूले प्रदर्शन गरेका छन् २८ वर्षीय राहुल साहको अचानक निधन भएपछि आफन्त आक्रोशित भएका हुन उनको २५ वर्ष कैद सजायको फैसला थियो

नारायणी उपक्षेत्रीय अस्पताल अगाडि आफन्तहरूले टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन प्रहरीका अनुसार, मंगलबार बिहान राहुल वान्ता गरी अचानक बेहोस भएका थिए उनलाई तत्काल अस्पताल लगिएको भए पनि उनको निधन भएको थियो

उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि आफन्तहरूले कारागार प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिले प्रदर्शनकारीसँग संवाद चलिरहेको प्रहरीले घटनाको थप छानबिन गरिरहेको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?