काठमाडौं महानगरपालिकाले बजेट आज ल्याउदै

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ल्याउदै छ ।

शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ ।

काठमाडौँ महानगरपालिकाले आन्तरिक विवादको कारण निर्धारित समयमा बजेट ल्याउन सकेको थिएन । देशका अन्य पाँच महानगरपालिकाले भने निर्धारित समयमै आगामी आर्थिक वर्षको बजेट ल्याएका थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?