२७ असार, बुटवल । नेपाल मोबाइल ब्यावसायी महासंघको स्थापना दिवसको अवसरमा बुटवल मोबाइल संघ,रुपन्देहीले शुक्रवार(आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल मोबाइल संघ,रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ पोका रगत जम्मा गरिएको बुटवल मोबाइल संघ,रुपन्देहीले बताएको छ ।
रक्तदान कार्यक्रममा कार्यक्रमका अध्यक्ष शिबदेब अर्याल, प्रमुख अतिथी नेपाल मोबाइल महासंघ केन्द्रिय सदस्य बिस्णु ज्ञवाली, नेपाल मोबाइल बितरक संघ लुम्बिनी अध्यक्ष राजेन्द्र पाण्डे, कार्यसमिति सदस्यहरु र मोबाइल ब्यावसायी सदस्यहरु लगायतको उपस्थितिमा रक्तदान गरिएको रक्तदान संयोजक दिपेन्द्र पाण्डेले जानकारी दिए।

