पहिरोका कारण कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी गाउँपालिका– ६ बरल्वामा शुक्रवार बिहान ६:३० तिर सडक माथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
सडक माथिबाट ठुलो ढुङ्गा सहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायबउ परीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
वर्षातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खवर गर्न जिल्ला जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ ।

