अनिल खत्री
२५ असार, गुल्मी । भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र गुल्मीले तीन जना उत्कृष्ट कृषकलाई सम्मानित गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–६ का अर्याल पशुपंक्षी फर्मका सञ्चालक मेघनाथ अर्याल, इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका गोकर्ण नेपाली र गुल्मीदरबार गाउँपालिका वडा नम्बर–रेसुङ्गा एग्रो एण्ड रिर्चस फम बिशाल थापालाई सम्मान गरिएको हो ।
यी कृषकहरु मध्ये नेपालीलाई सर्वोकृष्ट, अर्याल र थापालाई उत्कृष्ट कृषकको रुपमा नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सम्मानित हुने कृषकलाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।
बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा मेहनतको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित हुने कृषकहरुमा गोकर्ण नेपालीले १२० रोपनी क्षेत्रफलमा घाँस खेती र नर्सरी उत्पादन गर्दै आएका छन् ।
उनले कृषि क्षेत्रमा नवीनतम प्रविधिहरू र परम्परागत पद्धतिहरूलाई सँगै ल्याएर कृषि कर्म गर्दै उत्पादन शक्ति र दक्षतामा उल्लेखनीय वृद्धि गरेका छन् । उनको मेहनत र समर्पणले गाउँका अन्य कृषकहरूलाई पनि प्रेरित गरेको छ ।
त्यस्तै मेघनाथ अर्यालले ३५ वटा भैंसी पालेर प्रतिदिन १०० लिटर दूध उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । शहरको सुख्ख छोडेर गाउँमै करोडौं लगानी लगाएर भैंसीपालन सँगै कृषि कर्म समेत गर्दै आएका छन् ।
कृषक बिशाल थापाले १५० वटा विभिन्न जातका बाख्रा पालन गर्दै आएका छन् । थापाले बाख्रा पालनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्दै कृषकहरूलाई थप जानकारी र तालिम प्रदान गर्दै आएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र गुल्मीले जिल्ला भरिका कृषकहरूलाई सम्मानित गर्न आवेदन माग गरेको थियो । उक्त आवेदनका आधारमा बाख्रा पालन, भैंसी पालन, घाँस खेती र पशुपालन विधामा उत्कृष्ट योगदान पुर्याएका कृषकहरूको चयन गरिएको कार्यालयका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
यस पुरस्कार वितरण कार्यक्रमको मुख्य उद्देश्य भनेको कृषकहरूको श्रम र योगदानको कदर गर्नु र उनीहरूलाई नयाँ उचाईमा पुर्याउनप्रोत्साहित रहेको उनको भनाइ छ । कार्यक्रमले कृषि क्षेत्रमा कार्यरत अन्य कृषकहरूलाई पनि उत्साहित गर्दै स्थानीय कृषि उत्पादनकोस्तरलाई अझ उच्च बनाउन मद्दत पुर्याएको छ ।
कृषकहरूको समर्पण र मेहनतको मूल्याङ्कन गर्दै, यो सम्मानले गाउँका कृषकहरूको मनोबल उच्च राख्न ठूलो भूमिका खेल्ने विश्वासगरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । यस प्रकारका सम्मान कार्यक्रमहरूले कृषकहरूकोमनोबल उच्च राख्दै, गाउँको आर्थिक समृद्धिमा ठूलो भूमिका निभाउने विश्वास गरिएको उनको भनाइ छ । कृषकहरूले आफ्नो मेहनत रलगनले कृषिमा सफलता हासिल गरेका छन् ।

