सुनचाँदी व्यवसायीको आन्दोलन अर्घाखाँचीमा पनि तिव्र, मोटरसाइकल र्‍याली

अनिल नेपाली

अर्घाखाँची, साउन २५नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सुन तथा सुनका गहनामा % विलासी कर बहुमूल्यहिरारत्न जडित गहनामा १३% भ्याट लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित छन्

यसै सन्दर्भमाअर्घाखाँची जिल्लाका व्यवसायीहरूले पनि करिब एक महिनादेखि आन्दोलनमा सहभागी हुँदै आएका छन् आन्दोलनलाई थप सशक्त बनाउन आज सन्धिखर्क बजारमा भव्य मोटरसाइकल र्‍याली निकालिएको छ ।

र्‍यालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका प्रतिनिधि तथा अर्घाखाँची जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो

उनीहरूले सरकारको बजेटमा गरिएको करको प्रावधान तत्काल खारेज गर्न माग गरेका छन् आन्दोलनकारीहरूका अनुसार सो निर्णयले वैदेशिक मुद्राको प्रयोगमा निर्भर गहना उद्योगलाई थप मारमा पार्नेछ कालोबजारी, तस्करी तथा व्यवसायिक अस्थिरता बढाउने खतरा रहेको छ।

कार्यक्रममा सहभागी व्यवसायीहरूलेन्यायोचित कर प्रणाली लागू गर’, ‘गहना व्यवसायी माथिको करको भार खारेज गर’, ‘स्थानीय उत्पादनलाई संरक्षण गरलगायतका नारा लगाएका थिए ।

उक्त र्‍याली शान्तिपूर्ण तर प्रभावशाली रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ । व्यवसायीहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन्, यदि सरकार तत्काल संवादमा नआए थप कडा कदम चालिने बताएका छन्

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?