अविरल वर्षातको कारण यस्तो छ देशका अधिकांश मुख्य राजमार्गको अवस्था

बुटवल । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका अधिकांश मुख्य राजमार्गहरू अवरुद्ध भएका छन । नेपाल प्रहरीले  बुधबार बिहान ९ बजे सार्वजनिक गरेको विवरण अनुसार पूर्व–पश्चिम राजमार्ग सहित विभिन्न प्रदेशका प्रमुख सडकहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेको जनाएको छ । यस्तो छ बिभिन्न प्रदेशका सडकको अवस्था ः

लुम्बिनी प्रदेश:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने खण्ड पहिरोले  सडक भासिदा पूर्ण रूपमाअवरुद्ध भएको छ। देशको मुख्य लाइफलाइन मानिने यो राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिएका छन्।

गुल्मी र रोल्पामा पनि कालिगण्डकी करिडोर र शहीद राजमार्ग एकतर्फी रूपमा चलिरहेका छन । पाल्पा रिब्दिकोट गा.पा. ३ मालमुल स्थित पाल्पा गुल्मी सडकखण्ड बर्षातको कारण पूर्णरुपमा अबरोध । बिहान पाल्पा रिब्दिकोट गा.पा. ३ मालमुल स्थित पाल्पा गुल्मीसडक खण्डमा अबरिल बर्षाको कारण सडक माथीबाट ढुङ्गा सहितको पहिरो खसी बाटो पुर्ण रुपमा अबरोध सडक खुलाउने पहल भईरहेको प्रहरीले बताएको छ ।

अर्घाखाँची न.पा.१२ कोन्द्र स्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण  पूर्णरुपमा अबरोध । अर्घाखाँची न.पा.१२ कोन्द्र स्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरो सहित रुख ढलेर बाटो पुर्ण रुपमा

बागमती प्रदेश: यहाँ पनि पहिरो र बाढीले सडकमा असर पारेको छ। कान्तिलोक पथ (मकवानपुर) र रसुवाको गोसाइँकुण्डमा नेपाल रचीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएका छन्। यद्यपि, काभ्रेको बनेपा–नाला–भक्तपुर सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

गण्डकी प्रदेश: कालिगण्डकी करिडोरको बागलुङ खण्ड एकतर्फी सुचारु छ भने म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।

कोशी प्रदेश:  कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग (पाँचथर) बाढी तथा अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द छन्।

कर्णाली प्रदेश: डोल्पा र रुकुम पश्चिमका विभिन्न स्थानमा भेरी करिडोर र अन्य सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेश: बझाङमा जयपृथ्वी राजमार्ग पनि पहिरोले गर्दा बन्द भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले अवरुद्ध सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको बताएको छ । प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन समेत अनुरोध गरेको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?