त्रिशूली नदीमा २ जनाको शव फेला

धादिङ्ग खण्डको त्रिशुली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली नदिको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खु स्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?