राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्त्ता एवम प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९ औँ जन्मोत्सवको शुभकामना दिएका छन् ।
सोमबार बिहान राप्रपाका अन्य नेता तथा कार्यकर्ताको साथमा निर्मल निवासमा पुगेर शाहीले पूर्वराजालाई शुभकामना दिएका हुन् ।
उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ । राजाको जन्मोत्सवको अवसरमा निर्मल निवास ३ घण्टाको लागि खुला राखिने छ ।

