धान रोपाइको क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु,चार घाइते

सुर्खेतको भेरीगंगा नगरपालिका मा शुक्रबार दिउँसो चट्याङ लाग्दा एक जनाको मृत्यु भएको , भने चार जना घाइते भएका छन

जिल्ला प्रहरी कार्यालय अनुसार भेरीगंगा नगरपालिका स्थानीय वीरबहादुर थापाको खेतमा धान रोपाइँ गर्दै गर्दा अचानक परेको चट्याङले २७ वर्षीय डिलबहादुर शाहीको ज्यान गएको हो दिउँसो करिब बजेतिर चट्याङ लागेपछि गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

चट्याङ लागेर घाइते हुनेमा १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक ३० वर्षीया सुनिता गिरी रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?