जिल्ला अदालतमा पत्रकार दिल भूषण पाठक विरुद्धको वयान सुरु

 

पत्रकार दिल भूषण पाठक विरुद्ध दायर मुद्दासम्बन्धी बयान आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा सुरु भएको

गत असार १६ गते साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता पश्चात कानुनी प्रकृया अगाडी बढाइएको  पाठक विरुद्धको मुद्धामा आज न्यायाधीश खेमराज भट्टको इजलासमा बयान प्रक्रिया अघि बढाइएको हो ।

पाठक आज बिहान बजे अदालत पुगेका थिए । बयानपछि थुनछेक सम्बन्धी बहस हुने अदालत स्रोतले जनाएको   उनि बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ऐनको दफा ४७ बमोजिम विद्युतीय माध्यम प्रयोग गरी गैरकानुनी सामग्री प्रकाशन गरेको आरोपमा मुद्दा दायर गरेको हो

सरकारी पक्षले पाठकलाई एक लाख रुपैयाँ जरिवाना, पाँच वर्ष सम्मको कैद वा दुवै सजायको माग गर्दै अभियोजन दर्ता गरेको छ । हाल अदालतमा बयानको प्रक्रिया जारी रहेको भने त्यसपछि थुनछेक बहसबाट पाठकको आगामी अवस्था तय हुनेछ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?