रुपन्देहीमा लागुऔषध सहित १ जना पक्राउ

१८ असार, बुटवल । इलाका प्रहरी कार्यालय रन्यौरा , रुपन्देही द्वारा  १० ग्राम ६ सय मिलिग्राम लागु औषध  ( ब्राउन सुगर ) सहित १ जना व्याक्तिलाई प्रहरीले नियत्रणमा लिएको छ ।

असार १७ गते साँझ ६:३० तिर रुपन्देहीको सुध्दोधन गाउपालिका १ का शिव कुमार मल्लाहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराका इन्चार्ज प्रहरी निरिक्षक आदित्य जंग विष्टले बताए ।

लागु औषध (Brown Sugar) कारोवार गर्छन भन्ने विषेश सुचनाको आधरमा निजको निगरानी गर्ने क्रममा शिव कुमार मल्लाहलाई फेला पारी सोधपुछ गर्दा भाग्न खोजेकोले प्रहरीले नियन्त्रणमा लिएको र सोधपुछ र खानतलासी गर्दा बाकसमा लुकाइ राखिएको खैरो हिरोइन जस्तो देखिने १० ग्राम ६ सय  मिलिग्राम लागु औषध जन्य पदार्थ बरामद गरिएको इन्स्पेक्टर विष्टले जानकारी दिए ।

हाल शिव कुमार मल्लाहलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय , बुटवल मार्फत रुपन्देही जिल्ला अदालतबाट म्याद थप भै थप अनुसन्धान भैरहेको छ  ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?