सहकारीको कागजात च्यातेर भागे अध्यक्ष र सचिव, बचतकर्ताद्वारा कार्यालय घेराउ

१८ असार,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ शान्तिचोकस्थित डिंगरनगर दूरगामी वहुउद्देश्यीय सहकारीमा वचतकर्ताको वचत अपचलन भएको थाहा भएपछि अध्यक्ष र सचिव सम्पर्क विहीन भएका छन । 

सहकारीबाट करिब २५ करोड रुपैयां वचत अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको स्रोतले जानकारी दिएको छ । त्यसमध्ये १२ करोड रुपैयां सहकारीका व्यवस्थापक बसन्त पराजुलीले हिनामिना गरेको पाइएको छ ।

लुम्बिनी प्रदेश कार्यक्षेत्र भएका वहुउद्देश्यीय सहकारीहरुमध्ये एक पछि अर्कोमा समस्या देखिन थालेको छ । पछिल्लोपटक दूरगामी वहुउद्देश्यीय सहकारीमा यो समस्या देखिएको हो ।

वचत अपचलनबारे सूचना बाहिरिएपछि वचतकर्ताहरुले वचत फिर्ताको निवेदन दिन थालेका थिए । त्यसपछि सञ्चालक समितिको वैठक बसेर दुई दिन अघि फिर्ता माग्नेको वचत फिर्ता दिने सहमति सहित वचतकर्ताहरुसंग निर्णय भएको थियो ।

तर अर्को दिन  अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले अघिल्लो दिन भएको सहमतिको माइन्युट च्यातेर सम्पर्क विहीन भएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालय र प्रहरी चौकी ड्राइभरटोलले सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको छ ।

२०५० सालमास्थापना भएको सहकारीमा करिब २ हजार सदस्य रहेको पीडित वचतकर्ताहरुले बताएका छन ।  सहकारीले मुख्य रुपमा दुध संकलन र विक्रीको कारोबार गरिरहेको छ । सहकारीको तानसेनमा समेत दुध संकलन तथा विक्रि केन्द्र समेत सञ्चालन छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?