ताप्लेजुङमा पहिरोले घर पुरिँदा ४ जना घाइते

गए राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

पहिरोले स्थानीय  हस्तबहादुर कटुवालको घर पुरिँदा उनी सहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएका हुन ।

स्थानियकाअनुसार घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । उनीहरूलाईउपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?