रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

अनिल खत्री

१७ असार, गुल्मी वर्षौं सम्म उपयोगविहीन बनेको बाँझो जमिन अहिले हरियाली तरकारी फार्ममा परिणत भएको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर स्थित गुठ क्षेत्रमा कृषक भविन्द्र घर्ति मगरले चमत्कारी रूपमा बाँझिएको जमिनमा समृद्धिको खेती सुरु गरेका छन्

धुर्कोट गाउँपालिका निवासी घर्तिमगर विगत केही वर्षदेखि गुठको जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दैआएका छन् उनले गोलभेंडा, काँक्रो, बोडी, फूलकोबी, बन्दा, धान, मकै, माछा लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आयआर्जनमा उल्लेखनीय प्रगति गरेका छन्

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन इकाई गुल्मीको सहयोगमा उनको कृषि यात्रामा ठूलो सहजता आएको परियोजनाले तीन वर्षदेखि चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत मल, बीउ, सिँचाइ उपकरण, तालिम प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी बिष्णु पोखरेलले बताउनुभयो

यस सघन सहयोगपछि घर्तिमगरले करिब २५ वटा भन्दा बढी टनेलमा तथा खुल्ला खेतमा तरकारी खेतीको विस्तार गरेका छन् सँगसँगै उनले माछा पालन पनि सुरु गरेका छन्

जसले समग्र खेती प्रणालीलाई अझै समृद्ध बनाएको २०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्र्सन नामक व्यवसाय मार्फत उनले तम्घासमा तरकारी संकलन केन्द्र समेत स्थापना गर्ने गरेका छन्

 यसले उत्पादनसँगै बजारीकरण प्रक्रियालाई सहज बनाएको स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यापारिक सोच विकास गर्न प्रेरणा मिलेको

 कृषक घर्तिमगरको कठिन परिश्रम परियोजनाको सहयोगले बाँझो जमिनलाई उत्पादनशील बनाएको यसबाट स्थानीय स्तरमै रोजगारी, आम्दानी आत्मनिर्भरता बढ्ने संकेत देखिएको

कृषक घर्तिमगरले दैनिक रुपमा जनाले रोजगारी पाईरहेका छन् मौसमी कामदारको रुपमा धेरैले रोजगारी गर्ने कृषक घर्तिमगरले बताउनुभयो    

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?