दुर्घटनामा घाइते खत्रीलाई मेयर पन्थीको पहलमा हेलिकप्टर मार्फत काठमाडौं पठाइयो

१७ असार, बुटवल । दाङबाट बुटवल फर्किँदै गरेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी सवार गाडीमा शुक्रबार साँझ बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ का रन्जित खत्रीको मोटरसाइकल ठोक्किदा गम्भीर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई असार १७ गते (आज) मेयर पन्थीको पहलमा हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

दुर्घटनापछि तत्कालै खत्रीलाई नजिकै रहेको स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । परिवारको आग्रहपछि मेयर पन्थीले समन्वय गर्दै थप उपचारका लागि खत्रीलाई काठमाडौं स्थित टिचिङ अस्पतालमा रेफर गराएका हुन ।

असार १६ गते सोमवार नै हेलिकप्टर मार्फतकाठमाडौं पठाउने तयारी गरेका मेयर पन्थीले हेलिकप्टरमा डाक्टरहरुको रेस्क्यु टिम समयमै पुग्न नसकेको र पछि काठमाडौंको मौषम खरावको कारण हेलिकप्टर आउन सकेको थिएन ।

खत्रीलाई मंगलबार (आज) दिउँसो साढे २ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । खत्रीको टिचिङ अस्पतालमा उपचार हुने बताइएको छ  । दुर्घटना पश्चात मेयर पन्थी खत्रीको परिवारसँगै अस्पतालमै खटिएर समन्वय गरिरहेका थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?