गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

अनिल खत्री 

 १६ असार,गुल्मी नेपाली समाजमा धार्मिक, साँस्कृतिक सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको सुनचाँदी जस्तो परम्परागत मूल्यवान् वस्तुलाई राज्यलेविलासी वस्तुको रूपमा परिभाषा गर्दै हालैको बजेटमा अत्यधिक कर लगाएको भन्दै देशभर विरोध चर्किएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त नेतृत्वमा सुरु भएको आन्दोलनले व्यापक राष्ट्रिय रूप लिइरहेको छ।

यसै सन्दर्भमा गुल्मी जिल्लामा पनि सुनचाँदी व्यवसायी, कालिगढ, साना उद्यमी, व्यवसायी संघसंस्थाहरू एकजुट भई आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।  उनिहरुले पसल नै बन्द गरेर आन्दोलन गरिरहेका छन्  

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण मार्फत सुनचाँदी गरगहनामा प्रतिशत विलासिता कर हिराजवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जोडिएका लाखौं नागरिकको भविष्य संकटमा परेको व्यवसायीहरूको गुनासो छ।

गुल्मी सुनचाँदी व्यवसायी संघ अध्यक्ष झबिन्द्र सुनारका अनुसार, नेपाली समाजमा सुनचाँदी केवल विलासिता नभई परम्परा, विश्वास आत्मसम्मानको प्रतीक भएको बताए सुनचाँदीले हाम्रो संस्कृति बोकेको , यसलाई करको भारले थिच्नु परम्परा माथि प्रहार हो,” अध्यक्ष सुनारले भने  

नेपालको आर्थिक तथा सामाजिक संरचनामा सुनचाँदीको विशिष्ट स्थान छ। अधिकांश नेपालीहरू कृषि तथा साना व्यवसायबाट प्राप्तसानो आम्दानी बचत गरी गरगहना खरिद गर्छन्, जसलाई धेरैले आपत्‌कालीन नगद सम्पत्तिको रूपमा समेत लिने जारी बिज्ञप्तिमाउ ल्लेख  

यस्तो वस्तुलाई विलासिता भनिँदा निम्न तथा मध्यम वर्ग प्रत्यक्ष मारमा परेको सुनारले बताए अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा सुन खरिद गर्ने आम नागरिकको क्षमता कमजोर भएको छ। 

 व्यवसायीहरूका अनुसार बजारमा ८० प्रतिशतसम्म कारोबार घटिसकेको अवस्था छ। यस्तो बेलामा राज्यको कर वृद्धिले व्यवसायलाई धराशायी बनाउने खतरा थपिएको सुनचाँदी व्यवसायीको भनाइ  

गुल्मी उद्योग वाणिज्य संघ, गुल्मी चेम्बर अफ कमर्स, विभिन्न व्यवसायिक संघसंस्था तथा कालिगढहरूको सहभागितामा गरिएको विरोध कार्यक्रममा सरकारले लादेको अव्यवहारिक कर नीतिको तत्काल खारेजीको माग गरेका छन्  

महासंघले माग सम्बोधन नभए चरणबद्ध रूपमा थप कडा आन्दोलनका कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरिने चेतावनी पनि दिएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?