होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

१५ असार, बुटवल होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको २४ औँ साधारणसभा तथा १२ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको

असार गते बुटवलमा माधव कुमार खनाल नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिलाई असार १५ गते (आज) संस्थाको २७ औँ स्थापना दिवसको अवसर पारेर  पदभार ग्रहण सङ्गै सपथ ग्रहण प्रमाणपत्र समेत हस्तान्तरण गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले बताए

पदस्थापन समारोहमा संस्थाका नवनिर्वाचित अध्यक्ष माधवकुमार खनाल सङ्गै वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, तृतीय उपाध्यक्ष राम बहादुर न्यौपाने, महासचिव केशवराज कँडेल, कोषाध्यक्ष अर्जुन पोखरेल, सचिव बाबुराम अर्याल, सचिब तुल्सी पराजुली, सह-सचिव डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्ष खुमराज ज्ञवाली (राजन) त्यस्तै सदस्यहरू श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, एकदेव पाण्डेय(सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय नारायणप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका हुन 

पदस्थापन समारोह कार्यक्रममा बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पाण्डेले बुटवललाई पर्यटनको हवको रुपमा विकास गर्न लागिएको यसको लागी होटल व्यावशायीको महत्वपुर्ण भुमिका हुने बताए   उनले बुटवलका ऐतिहासिक पुरातात्त्विक सम्पदाहरुको जगेर्ना सम्बर्धनमा बुटवल उपमहानगरपालिका दृढता सकृयताका साथ लाग्ने समेत बताए ।

आजै कार्यक्रमको बिच संस्थाका संस्थापक सचिव माधव प्रसाद नेपाल सहित संस्थापक अन्य सदस्यहरुलाई सम्मान गरिएको थियो

संस्थाको / बर्षमा हुने अधिवेशनले नयाँ नेतृत्व कार्यसमिति चयन गर्ने गर्दछ यो भन्दा पहिले होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको ११ औँ अधिवेशनले लेखनाथ भण्डारीको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो अहिले यो कार्यसमितिको कार्यकाल सकिएर माधवकुमार खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरिएको हो

आजभन्दा २७ बर्ष पहिले स्वर्गिय धुर्व कुमार तुलाचनको नेतृत्वमा स्थापना गरिएको यो संस्थामा हाल १२ सय बढि व्यावशायी आवद्ध छन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?