नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।आज बिहानबाट बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।
पछिल्लो दुई दिन घाम लागेका कारण यस सडक खण्डको दाउन्ने र दुम्किबासमा यात्रा केही सहज भए पनि राति देखि परेको पानीले पुन असहज भएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।
विनयी खोलामा पुल भाँचिएको करिब ६ महिना पुगिसक्दा पनि यहाँ नयाँ पुल निर्माण कार्यले अझै पूर्णता पाउन सकेको छैन । जसको कारण यात्रुहरुले सास्ती भोगिरहेका छन ।

