जव सर्वोच्चबाट छोड्ने आदेश आउँथ्यो,मध्यरातमा जिल्ला सारिन्थ्यो : संस्करण

राजनितिक अभियानको क्रममा गिरफ्तार भई १५ दिनको अर्घाखाँचीको हिरासतको बसाई पश्चात रिहाई भएको करिव महिना पछिको घटना हो २०७५ साल फाल्गुणमा तत्कालिन नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गुल्मी जिल्लाको सेक्रेटरी लुम्बिनी व्युरो सदस्य थिए

पार्टी अर्धभुमिगत जस्तै थियो देशभर सङ्गठन विस्तार, सङ्घर्ष लगायतका कार्यमा पार्टीका नेता कार्यकर्ता व्यस्त थिए २०७५ फाल्गुणको पहिलो साता पार्टीले विगतका कारवाही जस्तै राज्यलाई अरवौ रुपैयाँ कर नतिरेको भन्दै देशभरका दर्जनौँ एनसेल टावरहरुमा कारवाही स्वरुप क्षति पुर्याएको थियो

त्यसबेला हाम्रो भागमा सङ्गठन विस्तारको जिम्मा परेको थियो जुन बेला पार्टीका साथीहरु सङ्गै सङ्गठन विस्तार अभियानको क्रममा गुल्मी अर्घाखाँचीका भुभागहरुमा व्यस्त थिए अभियानकै क्रममा फाल्गुण १५ गते अर्घाखाँचीको पाणिनीबाट परिवार सङ्ग भेटघाटको निम्ती गुल्मीको सदरमुकाम तम्घासतिर लागे त्यसको अर्को दिन १६ गते श्रीमती छोरीहरुलाई लगेर गुल्मीको मदाने मेरो घरमा जान भनेर कोठाबाट जेठी छोरीलाई लिएर मोटरसाईकलमा तल बजारमा निक्लिएको थिए

त्यत्तिकैमा बाटोमा अचानक एकजना प्रहरीको घुमुवा सङ्ग भेट भयो भेटपछि उनले एसपी सावले चिया पिउन बोलाउनुभएको एकछिन जिल्ला प्रहरी कार्यालय जानुपर्ने भयो भने उनको त्यो भनाई सुनेपछि मैले सोँचे देशभर छिटफुट गिरफ्तारका घट्ना घटिरहेका छन कतै मेरो विरुद्ध पनि त्यही होइन ? अनि अर्को मनले सोँचे एनसेल काण्ड सहित अहिले कुनै अवैधानिक गतिविधी गुल्मीमा भएको छैनन किन गिरफ्तार गर्ला ? फेरी सोँचे गरि हाले पनि , दिन राख्ला ! त्यसपछि मैले ति घुमुवा सङ्ग भने आज गाउँ जाँदैछु आएपछि अर्कोपटक भेट्दा हुँदैन त्यो सुनेपछि उनले चिया पिएर छुट्ने प्रस्ताव राखे अनि हामी पुतलिवजारको फोरस्टार रेष्टुरेण्टमा छिर्यौ  

भित्र पसेपछि उनि एकछिन एकान्तमा गएर फोन गरे मलाई उनका गतिविधी संकास्पद लागिरहेको थियो नभन्दै एकैछिनमा प्रहरी भ्यान आयो मलाई जिल्ला प्रहरी कार्यालयमा हुल्यो अनि सुरु भए अनेक फण्डाहरु ! घटना २०७५ फाल्गुण १६ गते बिहान१० बजे तिरको हो मलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा लगियो एकछिन मुद्धाफाटमा राखेर एसपी सङ्ग लगियो जव एसपी सङ्ग भेट भयो अनि मैले प्रश्न गरे मलाई किन ल्याउनुभएको हो ? अनि उनले भने मलाई ठुलो दवाव आयो तपाइलाई केही दिन भित्र राख्नुपर्ने भयो मैले भने के को दवाव ? उनले भने राजनितिक दवाव, अनि मैले अनुमान लगाए जिल्लामा भैरहेको व्यापक सङ्गठन विस्तार कार्यक्रमबाट एकथरी मान्छेहरु राम्रै सङ्ग तर्सिएछन

तत्काल मलाई स्वास्थ्य परिक्षण गर्न जिल्ला अस्पताल लगियो ततपश्चात हिरासतमा राखियो अनि लेख्न थालियो झुठा मुद्धाका बयान मेरो पहिलो मुद्धा बनाइयोसार्वजनिक शान्ती खलल महिनाकी सुत्केरी श्रीमती सानासाना छोरीहरुलाई लिएर गाउँ जान हिँडेको मैले कसरी अशान्ती मच्याए होला आफैलाई अचम्मित बनायो

अब मेरो दैनिकी फेरियो  हिरासतको महिला थुनुवा कक्षमा एक्लै पत्रिका किताव पढ्दै मलाई भेट्न आउने पत्रकार, सुभचिन्तक, परिवारका सदस्य अन्य राजनितिक दलका नेता कार्यकर्ताहरु सङ्ग भेटघाट गर्दै दिन काट्ने थुनिएको १२ दिन पछि फाल्गुण २८ गते साँझ , जना प्रहरी साथीहरुले मन्त्रिपरिषद्को निर्णयले पार्टीलाई प्रतिवन्ध लगायो भन्ने खवर दिए अर्कोदिन बिहानै कान्तिपुर पढे देशभर विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको समाचार पहिलो पृष्ठमा पढे अनि सोचे अब हिरासतको बसाइँ राम्रै लम्विने भयो

प्रतिबन्ध पश्चात मलाई पार्टी छोड्ने आत्मसमर्पण गर्ने प्रस्ताव राम्रै आउन थाले मैले भन्थे यो सम्भव छैन यत्तिकैमा २७ दिन वित्यो मलाई धरौटीमा छाड्न भनेर जिल्ला प्रशासन कार्यालय लगियो १० हजारको धरौटीमा छोड्न भनियो अनि मेरो तर्फबाट जव धरौटी बुझाइयो अनि मलाई प्रशासन कार्यालयको मुद्धा फाटबाट पुन गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयको पहिलेकै हिरासत कक्षमा लगियो यसपटक भने अभद्र व्यहवारमा मुद्धा चलाइयो कारण बनाइयो तम्घासको जिपपार्कमा पुलिस सङ्ग झगडा गरेको

यसपटक पनि झुठो मुद्धाको सामना गर्दै २६ दिन बिते अनि लगियो दोस्रो पटक त्यही प्रशासन कार्यालयमा तोकियो १५ हजार धरौटी जब धरौटी बुझाइयो अनि पुन पहिलेकै शैलिमा मुद्धाफाँट बाटै गिरफ्तार गरेर हिरासत पुर्याइयो अब हिरासतमा मेरो तेश्रो मुद्धा अगाडी बढाइने भयो यसपाली पनि नयाँ मुद्धा शृजना गरियो जुन थियो बाटोमा सर्वसाधरण जनता सङ्ग झगडा गरेको

यो विचमा साथीहरुको सल्लाह अनुसार उच्च अदालत बुटवलमा बन्दीप्रत्यक्षीकरण मुद्धा दर्ता गरियो मलाई गुल्मीबाट बुटवल ल्याइयो दिन इलाकाको हिरासतमा राखियो  विदा अन्य कारण देखाएर तेस्रो दिन मुद्दाको बहस भयो अदालतले  बन्दीप्रत्यक्षीकरणको मुद्धा बदर गरिदियो पुन यात्रा गुल्मी हिरासतकै भयो लगत्तै मेरा  आफन्तहरुले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको पहिलो मुद्धा दर्ता गरे

हिरासतको २६ दिनको बसाई पछि पुन धरौटीको लागी प्रशासन कार्यालयमा लगियो अनि तोकियो १० हजार धरौटी यसपटक धरौटी नतिर्ने निर्णय गरियो धरौटी नतिरेपछि लगियो कारागार करिव ३० दिन बन्द कोठामा एक्लै ५० दिन अन्य कैदि सङ्ग गरि करिव ८०दिनको हिरासतको बसाइ पश्चात पहिलो पटक कारागार चलान गरियो

कारागार पुगेपछि खाना खाएर भित्रका कैदिहरु सङ्ग कुरा गर्दै बसिरहेको थिए यत्तिकैमा साँझ बजेतिर सर्वोच्चबाट बन्दीप्रत्यक्षीकरणको बहस पश्चात छाड्ने आदेश आयो भन्दै कहाँ खवर आयोखवर सङ्गै केही पत्रकार साथीहर मेरो श्रीमती अरु शुभचिन्तक कारागार परिसरमा पुगे कारागारको प्रकृया मिलाउदा साँझको  :३० भैसकेको थियो त्यतिकैमा प्रहरीहरु गाडी लिएर कारागार आए उपस्थित सवैलाई तपाईंहरु जिल्ला प्रहरी कार्यालय जानुहोस उहाँलाई त्यही ल्याउछौँ भन्दै  पठाए

मलाई गाडिमा चढाएर अर्को बाटो डिएसपीको नेतृत्वमा अर्घाखाँचीको देउरालीमा लगेर अर्घाखाँचीको प्रहरीलाई जिम्मा लगाए यो घटना पछि किन छलकपट गरेको ? किन आफन्त साथीहरुलाई झुक्याएको भन्दै गाडिमा डिएसपी सङ्ग भनाभन नै भयो पछि बुझ्दा जिल्ला प्रहरी कार्यालयमा मेरो श्रीमती घण्टा कुर्दा समेत प्रहरीले केही नभनेपछि चिन्तित हुँदै राती कोठामा लागिछन 

सायद २०७६ जेठ गते हुनुपर्छ रातको ११ बजेतिर मलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा पुर्याइयो अब सुरु भयो दोश्रो पटकको अर्घाखाँची हिरासतको बसाइ अर्कोदिन झुठो मुद्धाकै शिलशिला सुरु भयो दर्ता गराइयो त्यही झुठो मुद्धा उता सर्वोच्चमा मेरा आफन्तबाट पुन बन्दीप्रत्यक्षीकरणको मुद्दा दर्ता भयो हिरासतको बसाइ २६ दिन पुगेको थियो सर्वोच्चले छोड्न आदेश दियो अनि सुरु भयो अनौठो खेल

सर्वोच्चले छोड्न आदेश दिए पश्चात मलाई साँझ बजेतिर प्रशासन कार्यालय हाजिर गराइयो राति १० बजेसम्म राखेपछि धरौटी मागियो अनि १०:३० तिर कारागार पुर्याइयो अर्घाखाँची कारागार प्रवेश पश्चात राति ११ बजेतिर खाना खाएर आराम गरे दिनभरको तनाव थकाइले साघुरो ठाउँमा उकुसमुकुस गर्दै भए पनि निदाएको रहेछु बिहानको बजेको रहेछ मलाई कारागारबाट निकाल्ने आदेश आएछ मलाई उठाइयो अनि सिधै जिल्ला अदालत अर्घाखाँची लगियो श्रेस्तेदारलाइ बोलाइयो

पटक पटकको फोन बोलावट पश्चात बिहान :१५ तिर श्रेस्तेदार आए मलाई अदालत लगेको इन्स्पेक्टरलाई नराम्रो सङ्ग झपार्दै भने जाउ तिम्रो डिएसपीलाई भन्देउ अदालतले मान्छे बुझ्दैन भनेर कुरो बुझ्दा हिजो दिउसो नै सर्वोच्च अदालतले जिल्ला अदालतको रोवहरमा छोड्न आदेश दिएको रहेछ तर प्रहरी प्रशासनले अर्को दिन राति राति अदालत पुर्यायो अनि श्रेस्तेदार फायर यो सङ्गै प्रहरीले पुन :३० माहिरासतमै लग्यो १० बजे पुन अदालत लग्यो तर अदालतले बुझ्न मानेन पुन दिउसो हिरासत लगियो

दिउसो पनि अदालतले बुझ्न नमानेपछि सर्वोच्चकोअवहेलना मुद्दाको डरले सङ्कटमा परेको जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयले दिनभर जिल्ला सुरक्षा संयन्त्रको बैठक बोलाएछन यता हिरासतमा मलाई आत्मसमर्पण गर्न दवाव दिन केही मान्छेलाई पठाए बाट आत्मसमर्पणको सम्भावना नदेखेपछि राति १० बजेतिर निदाइरहेको थिए मलाई उठाएर मुद्धा फाटमा लगियो त्यहाँ पुग्दा छायाँ मेडिकल बाट दल बहादुर सरलाई तपाइको गाउँको मान्छे जिम्मा लिएर बुझ्नपर्ने भयो आउनुहोस भनेर बोलाएका रहेछन

मुद्धाफाटमा दल बहादुर सरकै अगाडी पुलिसले प्रस्ताव राखे पहिलो पार्टी छोडे भनेर सानो कागज गर्नुहोस त्यो नभए हप्ता लगातार तारिखमा आउनेछु भनेर सहिछाप गर्नुहोस अनि उहाँ सङ्ग जानुहोस त्यो सुनेपछि मैले भने यि वटै प्रस्ताव मेरो लागी स्विकार्य छैनन मैले अगाडी थपे मलाई सर्वोच्चले छोड्न आदेश दिएको छोड्ने भए छोड्नुहोस नभए जे गर्न मन लाग्छ त्यही गर्नुहोस

लगातारको मलाई गलाउने प्रयास असफल भएपछि दिक्क मान्दै प्रहरीले हस्ताक्षर गर्नुहोस उहाँलाई लैजानुहोस भन्दै दल बहादुर सरलाइ हस्ताक्षर गराए मलाई पनि गराए जब सरले हस्ताक्षर गर्नुभयो प्रहरीले भन्न थाले अहिले रातको ११ बजिसक्यो तपाईं जानुहोस भोलि बिहान १० बजे बुझ्न आउनुहोस

एकछिन प्रहरी सङ्ग भनाभन भयो सर आफ्नो घर लाग्नुभयो फेरी हिरासतमा मस्त सुतिरहेको थिए  रातको १२ बजेतिर , जना पुलिसहरु हिरासतमा आए मलाई उठाउन लागे अनि मैले प्रतिवाद गरे यो रातिमा निक्लदैन भनेर, प्रहरीहरुले इन्स्पेक्टर सरको आदेश हो भन्दै जवरजस्ती गर्न लागे अनि मैले भने इन्स्पेक्टरलाई पठाइदेउ । अनि इन्स्पेक्टर आएर जाउँ माथीको आदेश हो भन्दै रातको १२ बजे हिरासतबाट निकाले गाडिमा राखे बाटोमा कहाँ जाने हो भनेर सोध्दा धेरै पछि प्युठान लाने आदेश भने

बिहानको करिव बजेतिर जिल्लाको सिमानामा लगेर  प्युठानको इन्स्पेक्टरको जिम्मा लगाइयो अर्घाखाँची बस्दा देशभर विप्लव सरकारको सङ्घर्ष अलि पेचिलो बन्दै गइरहेको थियो त्यहि बेला युवा सङ्गठनका साथी तिर्थ गौतमलाई प्रहरीले गोली हानेर मारेको थियो, मुठभेटको नाममा कुमार पौडेलको हत्या गरिएको थियो, काठमाडौंमा आन्तरिक बम विस्फोटमा परि , जना साथीहरु मारिएका थिए यसले केहि चिन्तित आक्रोशित बनाएको थियो

जब प्युठान पुर्याइयो अब सुरु भयो चौथो जिल्लाको हिरासतको अनुभव त्यहाँ पनि त्यही प्रकृतिको झुठा मुद्धा दर्ता भयो यता सर्वोच्चमा मेरा आफन्तहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा तेस्रो पटक दर्ता गरेछन हिरासतको बसाइकै क्रममा असार १४ गते यसपाली सर्वोच्चमै हाजिर गराउन निर्देशन दिएछ । १४ गते साँझ बजे तिर जिल्ला प्रहरी कार्यालय प्युठानको इन्स्पेक्टरको नेतृत्वमा सरकारी गाडिमा राखेर काठमाडौं लगियो अर्कोदिन बिहान बजेतिर सिंहदरवार प्रहरी वृत्तको हिरासतमा राखियो बिहान खाना खाएर १० बजेतिर महान्यायाधिवक्ताको कार्यालय लगियो ११बजेतिर सर्वोच्चमा पुर्याइयो

सर्वोच्चमा मलाई ल्याइएको खवर पाएर आफन्त धेरै साथीहरु आउनुभएको रहेछ भेट हुने अवसर प्राप्त भयो दिउँसो बहस सुरु भयो सर्वोच्चको रजिष्टारको रोवहरमा छोड्ने आदेश आयो तर बाहिर प्रहरीको तैनाथीले छोड्ने कुरामा संका थपियो लगत्तै साथी गणेश सहित केही साथीहरु पुल्चोक मानव अधिकारको कार्यालयमा पुगेर मानव अधिकारकर्मी सुदिप पाठकलाई भेटेछन तत्काल सुदिप पाठकले तत्कालीन प्रहरीको भ्याली इन्चार्जलाई फोन गरेर पटक पटक अनावश्यक दुख दिइएको रहेछ अब पनि नछोडे एक्सनमा जाने भनेपछि प्रहरी ब्याक भए भन्ने खवर साथीहरुले दिनुभयो

यसरी महिना लामो हिरासतको बसाई अदालतको तेस्रो पटकको आदेस सङ्गै सकियो यो विचमा मेरो श्रीमती, दाजुहरु सङ्गै अन्य आफन्त साथीहरुले मेरो रिहाइको लागी अथक मेहनत गर्नुभयो हिरासत रहँदा धेरै मेरा आफन्त शुभचिन्तकहरु भेट्न पुग्नुभयो उहाँहरु सबै प्रति आभारी छु अहिले पनि सम्झिरहेको छु

हिरासतबाट निस्किएको केही महिना पछि २०७६ पुस गते गुल्मीको मदानेको एउटा घरमा बसेको थिए रातको :३० तिर प्रहरीहरु पुन गिरफ्तार गर्न आएर बसेको घर घेरा हाले गिरफ्तारीबाट बच्न मध्य रातमा भिरबाट हाम फाल्दा करिव सय मिटर तल खस्न पुगे उक्त घटना पश्चात प्रहरीको गिरफ्तारीबाट जोगिए तर एउटा खुट्टा ठाउँबाट फ्याक्चर हुन पुग्यो काठमाडौंमा महिना लामो अस्पतालको बसाइ उपचार  पश्चात डिस्चार्ज भए बिना बैसाखी पाइला सार्न मलाई बर्ष लाग्यो

हिरासत बस्दाको धरौटी सहित खर्च अनि अस्पतालको उपचार खर्च मेरा साथीहरु आफन्त सङ्ग रिण खोजेर समाधान गरे जुन अहिलेसम्म तिर्दैछु पछि रुपन्देही आएपछि दुर्घटनाको  करिव महिना पछि भदौमा पार्टीले थेरापीको लागी भनेर लाख  दिएको थियो

केही ठिक भएपछि केही समय पुन पार्टीमा जोडिएर काम गरे पछि पार्टी बुदेमा आयो पार्टी भित्रका केही मान्छेका व्यहवारको कारण सहित धेरै साथीहरु पार्टी बाट बाहिरिए आजभन्दा बर्ष  पहिले २०७६ असार १५ गते राजनैतिक आस्थाकै कारण सरकारी झुठा मुद्धामा मलाई सर्वोच्च अदालतले न्याय दिएको दिन हो असार १५ अर्थात आजको दिन

लेखक : पत्रकार एवम विप्लव नेतृत्वको नेकपाको पुर्व गुल्मी जिल्ला सेक्रेटरी तथा पुर्व लुम्बिनी व्युरो सदस्य हुन

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?