१२ असार, रुपन्देही । गोरुसिङ्गे चन्द्रौटा सडक योजना बुटवल रुपन्देहीले सडक सुरक्षा सम्बन्धी १ दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । असार १२ गते (आज) रुपन्देहीको सैनामैना १ मा रहेको होटल द क्याभ गार्डेन एण्ड रेष्टुरेण्टको हलमा उक्त सेमिनार गरेको हो ।
सेमिनारमा सैनामैना वडा नम्बर १ का वडा अध्यक्ष सहितका जनप्रतिनिधी, बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक आयोजनाका निमित्त योजना प्रमुख सहित कर्मचारी,सैनामैनामा विभिन्न संघ/ संस्थामा आवध्द व्याक्तिहरु, ट्राफिक प्रहरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

सेमिनार कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका वरिष्ठ सई ज्ञान प्रशाद पाण्डेले ट्राफिक नियम, सडकदुर्घटनाका कारण, सडक दुर्घटना न्युनिकरणका उपायहरु तथा यातायात व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण मुलक भनाई द्धारा प्रशिक्षित गरेका थिए ।
२०८१ माघ ११ मा सिल्यान्यास भएर काम सुरु गरेको बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक योजनाले हालसम्म १० प्रतिशत भौतिक प्रगति गरेको आयोजनाका नायव सुब्बा प्रेम के सि ले जानकारी दिए ।
यो आयोजना सुरु भए पश्चात दुर्त गतिमा काम गरिरहेको र छोटो समयमै धेरै काम गरेको आयोजना स्थलका स्थानियहरुको भनाई छ ।

