बाँकेमा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना तथा यान्त्रिक जाँच कार्यक्रम सम्पन्न

११ असार, कोहलपुर, बाँकेसवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बाँकेको कोहलपुरमा सचेतना कार्यक्रम सम्पन्न भएको असार ११ गते (आज) कोहलपुर  ११ नयाँ बसपार्कमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँच समेत गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा यातायात व्यवस्था कार्यालय बाँके इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा गरिएको कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख (प्रहरी निरिक्षक) पुष्कर पन्तले बताए ।

वर्षायाममा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले सो न्यूनीकरणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुनुको साथै सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरी मात्रको भूमिका पर्याप्त नहुने र यसका लागि चालक, सहचालक, सवारीधनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास आवश्यक रहने ट्राफिक प्रहरी निरिक्षक पन्तको भनाइ

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी नागरिकबीचको सहकार्य अपरिहार्य रहेको नागरिकको सक्रिय सहभागिताले मात्र दिगो सुधार समाधान सम्भव हुने बताइन   कार्यक्रममा दर्जनौं सवारी साधनको जाँच गरिनुका साथै सहभागी चालक तथा सहचालकहरूलाई सचेतना सम्बन्धी सामग्रीहरू समेत वितरण गरिएको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?