रेसुङ्गाले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने

नगरमै ११, १२ पढे ५० हजार

   अनिल खत्री 

८ असार, गुल्मी । गुल्मी जिल्लाको  रेसुङ्गा नगरपालिकाले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।

नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त  योजनाबारे जानकारी गराएका हुन् ।

नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर माध्यमिक शिक्षा परीक्षामा ग्रेड पोइन्ट औसत ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

यतिमात्र होइन, सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रुपमा एकमुष्ठ प्राप्त गर्नेछन् ।

नगरपालिकाले यस कार्यक्रम मार्फत विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टता प्रति प्रेरित गर्न तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्देश्य लिएको जनाएको छ । यो योजनाले विशेषगरी मेहेनती र लक्ष्यमा केन्द्रित विद्यार्थीहरूलाई थप ऊर्जा दिने विश्वास नगर प्रमुख पन्थीले व्यक्त गरे ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?