होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको सर्वसम्मत नेतृत्व चयन,अध्यक्षमा खनाल

७ जेठ जेठ, बुटवल । होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको २४ औँ साधारणसभा तथा १२ औँ अधिवेशनबाट माधवकुमार खनाल सर्वसम्मत अध्यक्ष चयन भएका छन्

असार गते (आज) बुटवलको एसियन पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशन बाट होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएको वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले जानकारी दिए

त्यस्तै सदस्यहरूमा श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय, युवराज पराजुली, जनक पाण्डे, गोकर्ण रायमाझी, एकदेव पाण्डेय (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय नारायणप्रसाद श्रेष्ठ चयन भएका छन्

लेखनाथ भण्डारीको अध्यक्षता, अर्जुन थापाको संचालन माधव खनालको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?