गुल्मीको मदाने १ अग्लुङ्ग ओख्लेदह निवासी तुल्सा कुँवरलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आज स्थानियहरुको सहभागितामा ९४,८८५ (चौरानब्बे हजार आठसय पचासी ) रुपैया रकम हस्तान्तरण गरिएको हो ।
मामा घर बसेर कक्षा ९ मा पढ्दै आएकि तुल्सा कुवरको जेठ १६ गते जङ्गलमा दाउरा काट्ने क्रममा खुर्पाको चोटले तिघ्राको टेन्डन(नसा) काटिएको हुँदा डाक्टरको सल्लाह अनुसार उनको अप्रेसन गर्नुपर्ने थियो तर उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुँदा स्थानिय समाजसेवी युवा महेन्द्र जि सि लगायतको पहलमा जिल्ला अस्पताल तम्घास गुल्मीमा लगेर सफल अप्रेसन भएको थियो ।
उनको अप्रेसन लगायत अन्य खर्चको जोहो गर्न जि सि ले सहयोग अभियान संचालन गरेका थिए र उनको अभियान मार्फत १,२२,८९०(एकलाख बाईस हजार आठसय नब्बे) रुपैया उठेको अभियानकर्ता महेन्द्र जिसीले बताए ।
जसमध्ये तत्कालीन समयमा गाडीभाडा, खानानास्ता, अनि औसधी उपचार तर्फ भएको खर्च २८००५ (अठ्ठाइस हजार पाँच रुपैयाको हिसाव सहित बचेको रकम ९४,८८५ (चौरानब्बे हजार आठसय पचासी ) रुपैया बचत भएको पैसा निज बिरामी तुल्सा कुँवरलाई आज हस्तान्तरण गरिएको जिसिले जनाएका छन ।
आज असार ६ गते बिहान तुल्सा कुँवरको घरमै पुगेर मदाने गा पा १ अग्लुङ्गका वडा सदस्य भगत बोहोरा, स्थानिय समाजसेवी राजेन्द्र बिष्ट, ऋषिराम खत्री, पिङ्के राउत, कर्ण ब बिष्ट निज बिरामीको मावली परिवार आफन्तजन लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा खातामा उठेको रकम बैंक स्टेटमेन्ट सहित क्यास रकम बिरामी तुल्सा कुँवरलाई हस्तान्तरण गरिएको हो ।
उठेको बचत रकम तुल्सा कुँवरको नाममा बैंक खाता खोलेर कृषि बिकास बैंक पुर्कोटदहमा राखिने सल्लाह गरेको बताउदै जि सि ले यस महान कार्यमा जोडिएर तुल्सा कुवरको उपचारको लागि सहयोग गर्ने सहयोग दाताहरुलाइ धेरै धेरै धन्यवाद समेत व्यक्त गरेका छन । जि सि द सनराईज युथ क्लब अग्लुङ्गका संस्थापक अध्यक्ष समेत हुन ।

