बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

बुटवल । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

केही दिन यताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास–दाउन्ने  खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध बने पश्चात जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

निरन्तर सडक अवरुद्ध भएपछि प्रहरीले  पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढ बाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदैबुटवल तर्फ जान भनेको छ भने काठमाडौँबाट पश्चिम तर्फ जाने सवारी साधनलाई पनि मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवलको नै बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनलाई समेत  बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा तयगर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी कोरिडोर अन्तर्गतको गैँडाकोट–पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?