फेसबुकमा अलबिदा लेखेर चर्चा कमाएका डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री

फेसबुकमा अलबिदा लेखेर चर्चा कमाएका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् मंगलबार उनले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटी पुगेर भेट गरेका हुन्

गृहमन्त्री सङ्गको भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको असहयोग असहज परिस्थिति सृजना गरिएको बारे गुनासो पोखेका थिए

सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघिबढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए

फेसबुकमार्फतअलबिदालेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?