स्कुलको कम्पाउण्डमै दुर्घटना एक छात्राको ज्यान गयो सात जना घाइते

काठमाडौंको कलंकी स्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउण्डमै सोमबार दिउँसो भयानक दुर्घटना भएको   दुर्घटनामा एक छात्राको ज्यान गएको भने अन्य सात जना घाइते भएका छन

दिउँसो १२:५० बजे विद्यालय छुट्ने समयमा इभी माइक्रो भ्यानले विद्यालयको मुख्य गेटको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको हो दुर्घटनामा सर्लाही स्थायी घर भई कुलेश्वर बस्दै आएकी वर्षीया सोनाक्षी यादव गम्भीर घाइते भइ सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार घटनाको बेला भ्यानमा चालक मात्र सवार थिए प्रधानाध्यापक सहित विद्यार्थीहरू गेट छेउमै रहेका बेला अनियन्त्रित भ्यानले ठक्कर दिएको हो

प्रारम्भिक अनुसन्धान अनुसार भ्यान चालकले दिन अगाडी ल्याइएको इभी गाडी चलाउने पर्याप्त अनुभव नपाएको गाडी सञ्चालनमा अभ्यस्त नभएकै कारण दुर्घटना भएको प्रहरीको भनाइ घटनापछि प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?