दाङमा प्रदेश सभाका उम्मेदवार सहित  ८७ जनाले गरे एमाले परित्याग

३० जेठ, दाङ । एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ–२ बाट ८७ जनाले एमाले परित्याग गरेका छन् ।

उनिहरुले  विज्ञप्ति निकालेरै एमाले पार्टीकै सरकार हुँदा ठूला–ठूला भ्रष्टाचारका काण्डहरुमा नेताहरु नै मुछिनु र आफै सरकारमा हुँदा ठूला–ठूला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको उल्लेख गरेका छन ।

पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२ (२) बाट उम्मेदवार बनेका गिरिराज केसी सहित छन् । उनी गत निर्वाचनमा कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने सँग झिनो मतले पराजित भएका थिए ।

एमालेका पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका केसीसहित पूर्व प्रदेश कमिटी सदस्य घोराही–८ निवासी गणेश लम्साल, तुलसीपुर–७प्रसेनी निवासी पिताम्बर आचार्य, दंगीशरण–५ निवासी दुश्यत चौधरी, तुलसीपुर–३ निवासी कलिभान रोका सहित ८७ जनाले बिहीबार विज्ञप्ति जारी गरि पार्टी परित्याग गरेका हुन् ।

उनिहरु सबै बिगतमा वडा समिती पदाधिकारी भन्दा माथीको जिम्मेवारीमा रहेर कामगरेको बताउदै निकट भविष्यमा अरु कमरेडको नेतृत्वमा अर्को ठुलो समुह बाहिरिने समेत विज्ञप्तिमा उल्लेख गरेका छन ।

‘ आफैँ सत्तामा हुँदा पनि आफैँ धामी र आफैँ बोक्सी हुने कार्य भएको र यो गाइजात्रा र सत्ता मोहले न देशको भलो हुन्छ न उनिहरुको नै ‘ विज्ञप्तिमा उल्लेख छ । 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?