दाङमा दुइ बस ठोक्किएर दुर्घटना २ जनाको मृत्यु, २५ जना घाइते

२५ जेठ, दाङ दाङको तुलसीपुर उपमहानगरपालिका१३ बखरिया स्थित तुलसीपुरअमलिया सडकखण्डमा यात्रुवाहक बस विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको भने २५ जना घाइते भएका छन

आज बिहान करिब ११ बजेतिर गोल्टाकुरी बाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४००९ नम्बरको यात्रुवाहक बस तुलसीपुरबाट बखरियातर्फ गई विद्यार्थीलाई झारेर फर्किंदै गरेको रा ८७० नम्बरको विद्यालय बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

 दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका की ४२ वर्षीया शान्ता खड्का चौधरी तुलसीपुर उपमहानगरपालिका का ६० वर्षीय नारायण भण्डारीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको

दुर्घटनामा अन्य २५ जना यात्रु तथा विद्यालय बसमा सवार व्यक्तिहरू घाइते भएका छन उनीहरूको थप विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?